Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो

Zenith Migration Education

नेकपा (एकीकृत समाजवादी) ले २९९ केन्द्रीय सदस्य चयन भएपछि मात्र पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ।

शनिबार आलोकनगरमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले यो निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकले महाधिवेशनको समीक्षा गर्दै महाधिवेशन भव्यतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ।

महाधिवेशनले पार्टीमा ठूलो उत्साह पैदा गरेको र पार्टीलाई अघि बढाउन ऊर्जा प्राप्त भएको बताइएको छ।

पदाधिकारी नयाँ चयन नभएसम्म दैनिक काम पुरानै व्यक्तिलाई पुरानै जिम्मेवारी दिनु पर्ने निर्णय गरिएको छ।

बैठकपछि नेता जीवनराम श्रेष्ठले अहिले बन्न लागेको सत्ता गठबन्धनलाई दक्षिणपन्थी अवसरवादी चरित्रको बताउँदै, आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन गर्ने बताए। उनले पछिल्ला राजनीतिक घटनाक्रमलाई पार्टीले नजिकबाट नियालिरहेको जानकारी पनि दिए। केन्द्रीय समितिको बैठक आइतबार पुनः बस्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु