Saturday, July 25, 2026
Zenith Migration Education
Saturday, July 25, 2026

ओली भष्मासुर भए, संसद विघटनले मुलुक अस्थिर बनायो : खनाल

Zenith Migration Education

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन्।

शनिबार काठमाडौंमा पार्टी निकट प्रवासी नेपाली मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थी दिशातर्फ लगेको आरोप लगाए।

उनले भने, “यो भष्मासुरको कारणले कम्युनिष्ट आन्दोलनलाई क्रमिक रूपले दक्षिणपन्थतर्फ अधोगतितिर बढाउँदै लैजाने काम भयो। र, दुई तिहाइ बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो, जसले नेपालको राजनीतिलाई अस्थिरतातर्फ र कम्युनिष्ट आन्दोलनलाई दिशाहीन बनायो।”

कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरूले एमालेबाट विद्रोह गर्नुपरेको उनले बताए। साथै, दक्षिणपन्थी अवसरवादीविरुद्धको संघर्षलाई अघि बढाउने गरी नेकपा (एस) लाई अघि बढाएको दाबी पनि खनालले गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु