काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताब्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।
खनाल आज सिचुवान एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का उच्च नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ ।
खनालले नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, परम्परागत मैत्री तथा विभिन्न क्षेत्रमा आपसी सहयोग विस्तारका विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ ।



