Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

प्रतिनिधि सभाको बैठक आज, कार्यसूची यस्ता छन्

Zenith Migration Education

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। यो बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ।

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन्। त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ.व. २०७९/२०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु