Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

बागमतीलाई कराते प्रतियोगिताको उपाधि

Zenith Migration Education

काठमाडौँ: नेपाल कराते महासङ्घको आयोजनामा भएको ५६औँ राष्ट्रिय कराते प्रतियोगिताको उपाधि वाग्मती प्रदेशले जितेको छ । कूल १५ स्वर्ण, आठ रजत र १० कास्यपदकका साथ वाग्मती समग्रमा टिम च्याम्पियन बनेको हो । सातदोबाटोस्थित कराते हलमा आज भएको उक्त प्रतियोगितामा १५ स्वर्ण, २ रजत र ३ कास्य जितेको नेपाल प्रहरी दोस्रो भयो । तेस्रो स्थानको कोशी प्रदेशले ११ स्वर्ण हात पार्यो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, आयोजक महासङ्घका अध्यक्ष युवराज लामालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो । तीनदिने उक्त प्रतियोगितामा करिब पाँच सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery