Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

बंगलादेश र म्यानमारलाई विभाजन गरेर नयाँ इसाइ देश बनाउने षड्यन्त्र !

Zenith Migration Education

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगलादेश र म्यानमारका केही भूभाग विभाजन गरेर पूर्वी टिमोर जस्तो नयाँ इसाइ देश बनाउने षड्यन्त्र भइरहेको दाबी गरेकी छन् ।

उनले यस्तो कहिले हुन नदिने बताइन् । यद्यपि, प्रधानमन्त्री हसिनाले आफ्नो बयानमा यो योजनाको पछाडि कुन देशको हात रहेको छ भन्ने बताएकी छैनन् ।

बंगलादेशी वेबसाइट द डेली स्टारको रिपोर्टका अनुसार शेख हसिनाले जनवरी ७ मा भएको चुनावअघि आफूलाई आफ्नो देशको सीमाभित्र एयरबेस बनाउन अनुमति दिएमा बिना कुनै झन्झट चुनाब गराउन दिने प्रस्ताव आएको पनि दाबी गरेकी छन् । तर, यहाँ पनि उनले आफूलाई यो अफर कुन देशबाट आएको हो भन्ने खुलाइनन् ।

आइतबार गोनो भवनमा १४ दलको बैठकलाई सम्बोधन गर्दै अवामी लिग अध्यक्ष हसिनाले यस्तो टिप्पणी गरेकी हुन् । रिपोर्टका अनुसार देशमा चुनावपछि अवामी लिगका अध्यक्षसँग १४ दलको यो पहिलो बैठक थियो ।

बंगलादेशी प्रधानमन्त्रीले आफूले आन्तरिक र बाह्य दुवै क्षेत्रमा कडा चुनौतीको सामना गरिरहेको र आफूविरुद्ध षड्यन्त्र रचिएको दाबी गरिन् । प्रधानमन्त्री हसिनाले आफ्नो सम्बोधनमा भनिन्, ‘पूर्वी टिमोर जस्तै उनीहरु बंगलादेश र म्यानमारका केही भाग लिएर क्रिश्चियन राष्ट्र बनाउन खोजिरहेका छन्, जसको आधार बंगालको खाडीमा हुनेछ ।’

उनले बंगालको खाडी र हिन्द महासागर हुँदै शताब्दीयौंदेखि व्यापारिक गतिविधि हुँदै आएको तर अहिले धेरैको नजर यही क्षेत्रमा रहेको बताइन् । उनले यस क्षेत्रमा कुनै विवाद नरहेको र कतै द्वन्द्वको अवस्था नरहेको बताइन् । उनले यो क्षेत्रमा यस्तो हुन नदिने बताइन् ।

तर एयरबेस प्रस्तावसँग सम्बन्धित प्रश्नमा प्रधानमन्त्री हसिनाले आफूकहाँ एक गोरा विदेशी व्यक्ति यो प्रस्ताव लिएर आएको बताइन् । उनीहरूले देश बनाउन चाहेको जस्तो देखिए पनि उनीहरूको सोच धेरै अगाडि रहेको हसिनाले बताइन् । शेख हसिनाले भनिन् “यही कारणले गर्दा अवामी लिग सरकार सधैं समस्यामा परेको छ।” शेख हसिनाले थप समस्याहरू बढ्ने तर आत्तिनुपर्ने अवस्था नरहेको बताइन् ।

पूर्वी टिमोरलाई तिमोर-लेस्टे पनि भनिन्छ। यो क्रिस्चियन बाहुल्य देश हो। पूर्वी टिमोर १६ औं शताब्दीदेखि पोर्चुगलको उपनिवेश थियो र धेरै शताब्दीसम्म पोर्चुगल शासनको अधीनमा रह्यो। सन् १९७५ मा पोर्चुगलले पूर्वी टिमोरलाई स्वतन्त्र गर्यो। केही दिन पछि, पूर्वी टिमोरलाई इन्डोनेसियाले कब्जा गर्यो र आफ्नो २७ औं राज्य घोषणा गर्यो।

यस अवधिमा इन्डोनेसियाले स्वतन्त्रता आन्दोलनलाई दबाउने प्रयास गर्यो। अन्ततः १९९९ मा इन्डोनेसिया पूर्वी टिमोरमा जनमत संग्रह गर्न सहमत भयो। यसपछि सन् २००२ मा पूर्वी टिमोर स्वतन्त्र राष्ट्र बनेको थियो । यो २१औँ शताब्दीमा स्वतन्त्र हुने एसियाकै पहिलो र नयाँ राष्ट्र बन्यो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery