Zenith Migration Education
Thursday, March 27, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

म्युजिकल पोएट्री “कालो प्रकाश” सार्वजनिक

Zenith Migration Education

काठमाडौँ । कलाकार बिराज बास्कोटाको बेजोड अभिनय रहेको म्युजिकल पोएट्री ‘कालो प्रकाश’ सार्वजनिक भएको छ । काठमाडौँको मध्यबानेश्वरस्थित घराना लन्ज एण्ड बारमा पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोएट्री सार्वजानिक गरिएको हो । निकै मार्मिक शब्दले भरिएको पोएट्रीमा मानिसको जीवन संघर्षलाई चित्रण गरिएको छ ।

रंगमंचका अब्बल बास्कोटाले यस पोएट्रीलाई न्याय गरेका छन्। विभिन्न टेलिश्रृंखला तथा दुई दर्जन बढी म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेका उनको ‘कालो प्रकाश’ पहिलो म्युजिकल पोएट्री हो । “नेपालमै पहिलो पटक हामीले फरक तरिकाले गरेका छौं । मैले अभिनयमा बेस्ट दिन कोसिस गरेको छु र दर्शकले मन पराउनेमा विश्वस्त छु ।” कलाकार बास्कोटाले भने ।

पोएट्रीमा राज शेर्माको लेखन तथा निर्देशन रहेको छ भने निर्देशकको न्यारेसनमा आफ्नै आवाजसमेत दिएका छन् । बिषम आचार्यको संगीत रहेको उक्त पोएट्रीमा कलाकार उत्तम केसी नेपाल, रश्मी पाण्डे, जेसिका पोख्रेल, सबृना क्षेत्री, एलिना थपलियालगायतको अभिनय रहेको छ भने छायांकन योगेश दाहालको र श्रृङ्गार बिक्रम गौतमको रहेको छ ।

कलाकारितामा लागेको मानिसको सफलता असफलताको निश्चित नहुने वा जीवनको गोरेटोबारे स्पष्ट नहुने तर संघर्ष धेरै हुने विषयलाई पोएट्रीमा निर्देशकले देखाउन खोजेका छन् । पोएट्री ओएसआर डीजीटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
भिडियो हेर्नको लागि तलको लिंक खोल्नुहोस्:

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery