Friday, June 12, 2026
Zenith Migration Education
Friday, June 12, 2026

प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको दिक्षान्त सम्पन्न (तस्बिरसहित)

Zenith Migration Education

प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको दिक्षान्त सम्पन्न (तस्बिरसहित)

काठमाडौँ: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित विशेष समारोह बीच प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको तालिमको दीक्षान्त समारोह सम्पन्‍न भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” को प्रमुख आतिथ्यमा उक्त समारोह सम्पन्न भएको हो।

समारोहका प्रमुख अतिथि प्रधानमन्त्री दाहालले तालिमका उत्कृष्ट प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुलाई पुरस्कार वितरण गरी दीक्षित प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

सम्बोधनको क्रममा उहाँले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पेको हर जिम्मेवारीलाई नेपाल प्रहरीले कुशलतापूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै यस्तो गौरवमय इतिहास बोकेको संगठनका दीक्षित अधिकृतहरू प्रत्येक जिम्मेवारी व्यावसायिकता पूर्वक निर्वाह गर्दै नागरिकलाई महसुस हुनेगरी सेवा प्रदान गर्न सफलता हासिल गर्नेमा विश्‍वास समेत व्यक्त गर्नुभयो ।
उक्त समारोहमा उप-प्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु