Thursday, May 14, 2026
Zenith Migration Education
Thursday, May 14, 2026

कांग्रेसले गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रदर्शन गर्ने

Zenith Migration Education

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै सदनका साथै सडक संघर्ष निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका साथै पीडितहरुको बचत फिर्ता गर्न दबाब दिनका लागि सदनका साथै सडकबाट संघर्ष गर्ने निर्णय गरेको हो।

पहिलो चरणमा काठमाडौं उपत्यकामा व्यापक प्रदर्शन गर्ने र त्यसपछि क्रमशः प्रदेशमा प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्।

प्रदर्शनका लागि नेविसंघ, तरुण दल, महिला संघलगायतका संगठनलाई सडकमा उतार्ने तयारी कांग्रेसले गरेको छ। संग्रौलाले वर्तमान सरकार अलोकतान्त्रिक र असंवैधानिक बाटोमा हिडिरहेको आरोप लगाइन्।

त्यस्तै बैठकले संसदमा गृहमन्त्रीको अभिव्यक्ति अमर्यादित र बदनियतपूर्ण भएको भन्दै आपत्ति जनाएको संग्रौलाले जानकारी दिइन्। त्यस्तै कैलाश सिरोहियालाई पक्राउ गर्ने कदम लोकतन्त्रमाथिको हमला भएको भन्दै भत्र्सना गरिएको उनले बताइन्। त्यस्तै कांग्रेसले गिरिबन्धुको जग्गा प्रकरणको विषयलाई पनि शसक्त रुपमा अघि उठाउने संग्रौलाले बताइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु