Thursday, April 16, 2026
Zenith Migration Education
Thursday, April 16, 2026

रुसले युक्रेनी क्षेत्रमा आणविक हतियार परीक्षण सुरु गर्‍यो

Zenith Migration Education

काठमाडौं । युक्रेन युद्धको बीचमा रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ ।

रुसी रक्षा मन्त्रालयले मंगलबार (मे २१) यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा भइरहेको बताएको छ। यो क्षेत्र एकदम ठूलो छ। रुसले परीक्षणहरू कहाँ भइरहेको छ भन्ने ठ्याक्कै बताएको छैन।

अल जजीराका अनुसार रुसले यो क्षेत्र युद्धको सुरुवाती दिनमा कब्जा गरेको थियो । बेलारुस पनि यस परीक्षणमा सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष रुसले बेलारुसमा सामरिक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेको थियो ।

रुसले यो परीक्षणबाट पश्चिमी देशहरूको धम्कीको जवाफ दिने प्रयास गरिरहेको छ । गत महिना मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियार अभ्यास गर्न आदेश दिएका थिए । यसमा उनले युक्रेनी सीमा नजिक तैनाथ नौसेना र सैनिकलाई पनि सहभागी हुन आग्रह गरेका छन् ।

रुसले यस्तो समयमा परीक्षण गरिरहेको छ जब केही दिनअघि नेटो र पश्चिमी देशहरूले युक्रेनलाई सहयोग गर्न सेना पठाउन आग्रह गरेका थिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गत महिना युक्रेनले सहयोग मागेमा त्यहाँ आफ्ना सेना पठाउन सक्ने बताएका थिए।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले पनि युक्रेनले चाहेमा रुसमाथि आक्रमण गर्न बेलायती हतियार प्रयोग गर्न सक्ने बताएका थिए ।

अमेरिकाले अप्रिलमा युक्रेनलाई १२ एटीएसीएमएस मिसाइल दिएको थियो । यसको दायरा ३०० किलोमिटर छ, जसको मतलब यदि यसलाई युद्धमा प्रयोग गरियो भने, यसले रूस भित्र ३०० किलोमिटरसम्म आक्रमण गर्न सक्छ।

यसपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत हप्ता मात्रै युक्रेनको भ्रमण गरेका थिए । ब्लिन्केनले भनेका थिए कि आज धेरैजसो संसार स्वतन्त्र संसारको लागि लडिरहेको छ।

रुस र युक्रेनबीचको युद्ध फेब्रुअरीमा तेस्रो वर्षमा पुग्यो । युक्रेनको हतियार र सैनिक दिनप्रतिदिन घट्दै गएका छन् । युक्रेन र रुस युद्धमा हालसम्म ५० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

युद्धको दोस्रो वर्षमा रूसले २७ हजार ३०० सैनिक गुमाएको थियो । प्रतिवेदनमा मृत्यु हुनेको संख्या अनुमानभन्दा बढी हुन सक्ने पनि बताइएको छ ।

यसअघि फेब्रुअरीमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि युक्रेनी सैनिकको मृत्यु भएको जानकारी दिएका थिए । जेलेन्स्कीका अनुसार युद्धमा अहिलेसम्म ३१ हजार युक्रेनी सैनिकले मात्रै ज्यान गुमाएका छन् । तर, अमेरिकी गुप्तचरका अनुसार ७० हजारभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु