काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोली लाई आज बिदाइ गरिएको छ। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलगायतको उपस्थित रहेको थियो । टोलीमा नपरे पनि सन्दीप लामिछाने सो बिदाइ कार्यक्रममा सहभागी थिए ।
टी-२० विश्वकप खेल्ने टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरी रहेका छन्।
टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । आगामी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।