Thursday, April 16, 2026
Zenith Migration Education
Thursday, April 16, 2026

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान

Zenith Migration Education

काठमाडौं। निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनको उम्मेदवारका अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्हसमेत प्रदान गरेको छ।

आयोगका अनुसार इलाम–२ को प्रतिनिधि सभा निर्वाचनमा १९ जना उम्मेदवार कायम रहेका छन्। एक स्वत्रन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका हुन् । आयोगले १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्नसमेत प्रदान गरिएको जनाएको छ।

त्यसैगरी बझाङको प्रदेश सभा निर्वाचनमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ।

बझाङको प्रदेश सभामा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने भनिएको भए पनि माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छैन। इलाममा भने माओवादी केन्द्रले एमाले उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु