Zenith Migration Education
Thursday, June 19, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

गुड फ्राइडेको महत्त्वबारे चिन्तन

Zenith Migration Education

सांसारिक परिभाषा (world View) ले प्रत्येक शुक्रबारलाई ‘गूडफ्राइडे’ भन्ने गरेको छ। तर बाइबलीय दृष्टिकोणमा के हो त गूडफ्राइडे ?

विश्वभरका ख्रीष्टियनहरूका निम्ति गूड फ्राइडेको विशेष महत्व रहेको छ। यसको तात्विक अर्थ प्रत्येक ख्रीष्टियनको हृदयमा गम्भीररूपमा गढेको छ। संसारले गूडफ्राइडेको तात्विक अर्थ र महत्व नबुझे पनि ख्रीष्टियनको लागि भने विशेष छ।

संसारको पाप उठाइलाने मुक्तिदाता, उद्धारकर्ता येशू ख्रीष्ट क्रूसमा टाँगिनु भएको दिन गूडफ्राइडे हो। “कसैलाई क्रूसमा टाँगेर मारेको दिन पनि ‘गूड’ हुन सक्छ र ?” भन्ने प्रश्न उब्जिनु स्वाभाविक हो। यो दिन त शोक , विलाप गर्नुपर्ने दिन हुनुपर्ने, कसरी ‘गूड’ भयो ?
यसका दुई पाटाहरू छन्।
१. येशू ख्रीष्टको पक्षबाट हेर्दा यो अत्यन्त दु:खद, पीडादायी, असह्य घटना थियो।
२. मानिसको दृष्टिकोणबाट हेर्दा येशू ख्रीष्टले संसारको पाप आफूसँग बोकेर क्रूसमा टाँग्नु भयो जसले गर्दा सारा मानिस (उहाँलाई प्रभु र मुक्तिदाता भनी विश्वास र ग्रहण गर्नेहरू) ले मुक्ति र उद्धार पाए। त्यसैले यो दिन शोक र पीडासंगै रमाहट गर्ने दिन पनि भएकोले ‘गूड’ भएको हो।

यो दिन ख्रीष्टियनहरूका लागि येशूको मृत्युलाई स्मरण गरी गहिरो आत्मिक चिन्तन गर्ने दिन हो, उहाँ क्रूसमा टाँगिएर मानवताको उद्धारको लागि उहाँको अन्तिम बलिदानको सम्झनामा।
यो दिन ख्रीष्टियनहरू चर्चमा भेला भएर प्रार्थना गर्ने, चिन्तनमनन गर्ने, येशू पापी मानिसहरूका निम्ति मरिदिनुभएकोमा धन्यवाद र प्रशंसा चढाउने गर्छन्।
गूड फ्राइडेको कथा मत्ती, मर्कूस, लूका र यूहन्नाको पुस्तकहरूमा वर्णन गरिएको छ, जहाँ येशूको क्रूसमा टाँगिने घटनाहरू प्रकट हुन्छन्। यी विवरणहरूअनुसार, येशू ख्रीष्टले यहूदा इस्करियोटद्वारा विश्वासघात र अन्यायपूर्ण तरिकाले रोमी अधिकारीहरूले क्रूसमा टाँगेर मृत्युको सजाय पाउनुभयो । उहाँले मुक्तिको ईश्वरीय योजनालाई पूरा गर्नको लागि प्रेम र आज्ञाकारिताको अन्तिम कार्य पूरा गर्दा उहाँले क्रूसको भार बोक्नु भयो, अपार पीडा र अपमान सहनुभयो।

येशूको मृत्युको बारेमा बाइबल पदहरू:

यूहन्ना ३:१६ “किनभने परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा विश्वास गर्ने कोही पनि नाश नहोस् तर अनन्त जीवन पाओस्।”

यशैया ५३: ५ “तर उहाँ हाम्रा अपराधहरूको लागि छेडियो, उहाँ हाम्रा अधर्महरूको लागि कुचियो; हामीलाई शान्ति ल्याउने दण्ड उहाँमाथि थियो, र उहाँका घाउहरूद्वारा हामी निको भएका छौं।”
लूका २३:३४ “येशूले भन्नुभयो, ‘पिता, तिनीहरूलाई माफ गर्नुहोस्, किनकि तिनीहरूले के गर्दैछन् भन्ने थाहा छैन।’ अनि तिनीहरूले चिट्ठा हालेर उहाँका लुगाहरू बाँडिदिए।”
मत्ती २७: ४६ “दिउँसो करिब तीन बजे येशू ठूलो स्वरमा कराउनुभयो, ‘एली, एली, लेमा सबकथनी?’ (जसको अर्थ ‘मेरो भगवान, मेरो भगवान, तपाईंले मलाई किन त्याग्नुभयो?’)।”
हिब्रू १२:२ “विश्वासको अग्रगामी र सिद्धकर्ता येशूमा हाम्रो नजर राख्दै। उहाँको सामु राखिएको आनन्दको लागि, उहाँले क्रुसलाई सहनुभयो, यसको लाजको तिरस्कार गर्नुभयो, र परमेश्वरको सिंहासनको दाहिने हातमा बस्नुभयो। ।”

महत्व र चिन्तन
गुड फ्राइडेले विश्वासीहरूलाई ख्रीष्टको बलिदानको गहिराइ र मानवताको लागि परमेश्वरको प्रेमको परिमाणलाई विचार गर्न प्रेरित गर्छ। यसले छुटकाराको मोल र मानवतालाई आफूसँग मिलाउनको लागि परमेश्वर कति हदसम्म इच्छुक हुनुहुन्थ्यो भन्ने चित्र देखाउँ छ। क्रूसमा येशूको मृत्युद्वारा, ख्रीष्टियनहरूले क्षमा, उद्धार र अनन्त जीवनको प्रतिज्ञा पाउँछन्।

यसबाहेक, गूड फ्राइडेले ख्रीष्टियनहरूलाई आत्म-चिन्तनमनन र पश्चात्ताप गर्न उत्प्रेरित गर्दछ, उनीहरूको आफ्नो पाप र कमजोरीहरूको केलाई प्रायश्चित गर्न प्रेरणा दिन्छ। यो दिन परमेश्वरको सामु आफूलाई नम्र बनाउने, उहाँको कृपा र अनुग्रह खोज्ने, र विश्वास, करुणा र अरूको सेवामा जीवन बिताउने प्रतिबद्धतालाई नवीकरण गर्ने दिन हो।

गूड फ्राइडे ख्रीष्टियनहरूका विश्वासको आधारशीला हो, जसले परमेश्वरको बलिदान, प्रेमको गहिरो रहस्य र पाप र मृत्युमाथि छुटकाराको विजयलाई मूर्त रूप दिन्छ। ख्रीष्टियनहरूले यस पवित्र दिनको सम्झना गर्दा, उनीहरूले क्रूसको अनन्तको सन्देशमा सान्त्वना, शक्ति र प्रेरणा पाउँदै परमेश्वरको हृदयको नजिक जाने दिन हो।

—अन्जन घले—

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery