Sunday, September 13, 2026
Zenith Migration Education
Sunday, September 13, 2026

सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा

Zenith Migration Education

काठमाडौँ । काठमाडौँको निजामति कर्मचारी अस्पताल (सिभिल) का ३९ जना कर्मचारी करार सुविधा कटौती भएपछि ८६ दिनदेखि धर्नामा छन् ।

उनीहरू सिभिल अस्पताल कर्मचारी सेवाको शर्त तथा सुविधा विनियमावली २०७० अनुसार करार दरबन्दीमा कार्यरत थिए । सो विनियमावलीमा चार वर्षपछि आन्तरिक रुपमा परीक्षा लिएर करार कर्मचारीलाई स्थायी नियुक्त गर्ने प्रावधान थियो । तर अस्पतालले सो विनियमावली कार्यान्वयन गर्न नसकेपछि धर्ना सुरु भएको हो।

समयमा सो विनियमावलीअनुसार परीक्षा सञ्चालन हुन नसक्दा आफू स्थायी नियुक्त हुन नपाएको धर्नामा सहभागीहरूको भनाइ छ। “पहिलाको विनियमावली अनुसार चार वर्षमा स्थायीमा जाने प्रोसेस हुन्थ्यो, लगभग यो हस्पिटलको सुरुवातदेखि नै काम गरेका कर्मचारी हुनुहुन्छ, उहाँहरूले चार वर्ष कटिसक्दा पनि परीक्षा दिन पाउनु भएन,” आन्दोलनकारी भन्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु