सिडनी-ओबर्न नेपाली कम्युनिटी का अध्यक्ष जितेन्द्र श्रेष्ठकी ममतामयी आमा, चित्र माया कोजु श्रेष्ठको यही मंसिर १ गते असामयिक निधन भएको छ। २००५ साल भाद्र १२ गते जन्मिएकी श्रेष्ठको जीवन समाजसेवा र परिवारप्रतिको समर्पणमा समर्पित रहेको थियो।
श्रेष्ठ परिवारमा पर्न गएको यस अपूरणीय क्षतिले अर्बन नेपाली समुदाय शोकाकुल भएको छ। श्रेष्ठजस्तो ममतामयी व्यक्तित्वको निधनले समुदायमा ठूलो प्रभाव परेको छ।
ANC का सचिव आयुष अधिकारीले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै भने, “उहाँले हामी सबैलाई सधैं प्रेरणा दिनुभयो। यस दुःखद घडीमा हामी शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।”
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै अर्बन नेपाली कम्युनिटीले श्रद्धाञ्जली व्यक्क गरेका छन सदस्यहरूले पनि यो क्षतिको पीडा साझा गर्दै मृतकप्रति श्रद्धा प्रकट गरिरहेका छन्।
श्रेष्ठजस्ता आत्माहरूको योगदानले समाजलाई सधैं प्रेरित गर्दै आएको छ। उहाँको मृदु स्वभाव र स्नेहपूर्ण व्यवहारले सबैलाई छोएको छ। यो क्षति परिवार मात्र होइन, सम्पूर्ण नेपाली समुदायका लागि अपूरणीय छ।
“हामीलाई छोडेर जानुभएको भए पनि उहाँको सम्झना सधैं हामीसँग रहनेछ। उहाँको आत्माले शान्ति पाओस्,” अधिकारीले थपे।
(वचन न्युज परिवारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली!)



