सिडनी/एनआरएनए अष्ट्रेलियाको म्यारील्याण्डस्थित कार्यालयमा आइतवार नेपाल महत्सव सिडनी २०२४ को पूर्व तयारी बैठक सम्पन्न भएको छ। बैठकमा मुख्य प्रायोजक ग्रेस इन्टरनेशनलका संस्थापक निर्देशक रामचन्द्र पौडेल र ग्रेस ईन्टरनेशनल की कार्कारी निर्देशक सिम्रिता रञ्जितकारको उपस्थिति रहेको थियो। साथै, अन्य संस्थाका प्रतिनिधिहरूले पनि बैठकमा सहभागीता जनाएका थिए।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले ग्रेस इन्टरनेशनललाई मुख्य प्रायोजकका रूपमा साथ दिएकोमा आभार प्रकट गर्दै नेपाल महोत्सव सिडनी२०२४लाई सफल र एतिहासिक बनाउने उद्देश्यले सबैको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे। पोखरेलले फेस्टिभलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विशेष अवसर दिने भएकोले यसको सफलताका लागि सबै पक्षको सहयोग र सुझाव अपरिहार्य रहेको बताए।

ग्रेस इन्टरनेशनलका संस्थापक रामचन्द्र पौडेल र ग्रेसकै सिडनी निर्देशक सम्रिता रञ्जितकारले एनआरएनएसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी फेस्टिभलमा अझ थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा एनआरएनए सिड्नी संयोजक बिनोद कुवर, क्षेत्रीय संयोजक दिनेश पोखरेल, वरिष्ठ पत्रकार हेमन्त काफ्ले बरउड काउन्सिलका नव निर्वाचित काउन्सिलर सुकिर्ती भट्ट लगायतका व्यक्तिहरूले आ आफ्नो धारणा राखे। उनीहरूले फेस्टिभलको सफलताका लागि मिडिया प्रचारप्रसारलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिय।
बैठकको अन्त्यमा सहभागी सबैलाई फेस्टिभलको तयारीमा सक्रिय सहभागीता जनाउन आह्वान गरियको थियो।

त्यसै अवसरमा, एनआरएनएले नवनिर्वाचित बरउड काउन्सिलर सुकिर्ती भट्टलाई स्वागत तथा सम्मान पनि गर्यो। अध्यक्ष पोखरेलको नेतृत्वमा उनलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो पोखरेलले नेपाली समुदायको स्थानीय तहमा उपस्थिति र योगदानको सराहना गरे भने काउन्सिलर भट्टले आफ्नो कार्यकालमा नेपाली समुदायको हितमा सक्रियता देखाउने प्रतिवद्धता जनाए।

































