Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

रास्वपाले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय

Zenith Migration Education

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो। बैठकले राष्ट्रिय भेलाअघि सातै प्रदेशमा क्षेत्रीय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ।

राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, र ‘क्लोज क्याम्प’ मा छलफल भएका ६ वटा प्रमुख विषयहरू—विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्यमान्यता, र उम्मेदवार क्लब/लिडरसिप एकेडेमी—माथि गहन छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु