Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Zenith Migration Education

आज प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे बस्दैछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा गरिएको हेरफेर सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ।

त्यस्तै, सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पनि सभामा प्रस्तुत गर्नेछन्। बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा प्रस्तुत गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु