Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा रिहा

Zenith Migration Education

निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल ५० हजार रूपैयाँ धरौटीमा रिहा भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले बयानपछि अर्याललाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो।

अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तःशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप छ। यस मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पदमा सरूवा गरिएको थियो।

त्यस्तै, उक्त मुद्दामा मुछिएका केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पनि अदालतमा उपस्थित भएका थिए। उनलाई एक लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ।

यस प्रकरणले सरकारी निकायहरूमा पारदर्शिता र इमानदारीको विषयमा प्रश्न उथेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु