Friday, July 24, 2026
Zenith Migration Education
Friday, July 24, 2026

नवनियुक्त अस्ट्रेलियन राजदूत जोन्स्टनलाई नेपालका लागि दूतावासमा स्वागत

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया

नेपालका लागि लियान जोन्स्टनलाई अस्ट्रेलिया सरकारले नयाँ राजदूतका रूपमा चयन गरेको छ। वर्तमान राजदूत फेलिसिटी भोल्कको तीन वर्षे कार्यकाल पूरा भएपछि नयाँ राजदूत नियुक्त गरिएको हो।

नेपालका लागि लियान जोन्स्टनलाई अस्ट्रेलियन राजदूतको रूपमा नियुक्त गर्ने निर्णय विदेशमन्त्री पेनी वाङले गरेकी हुन्। उनलाई यसअघि नाइजेरियाको अबुजामा कार्यवाहक अस्ट्रेलियन उच्चायुक्तको रूपमा सेवा गरेको अनुभव छ।

क्यानबेरामा रहेको नेपाली दूतावासले जोन्स्टनको स्वागतको लागि विशेष समारोहको आयोजना गर्‍यो। उक्त समारोहमा, राजदूत कैलाशराज पोखरेलले जोन्स्टनलाई विशेष स्वागत गरे। समारोहमा अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यो अवसरमा पोखरेलले नेपाल-अस्ट्रेलिया सम्बन्धलाई थप प्रगाढ बनाउन जोन्स्टनको भूमिका महत्त्वपूर्ण हुनेमा विश्वास व्यक्त गर्दै, उहाले नबनियुक्त राजदूत जोनस्टनलाई भेटेर खुसी बेक्त गर्दै, नेपालमा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु