Friday, July 24, 2026
Zenith Migration Education
Friday, July 24, 2026

कांग्रेस र एमालेको भागमा कुन-कुन मन्त्रालय ?

Zenith Migration Education

सत्ता साझेदार प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले मन्त्रालयको भागबण्डा टुंग्याए

कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार, कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय लिने निर्णय गरेका छन्। स्रोतका अनुसार, एमालेले अर्थसहित ८ र कांग्रेसले गृहसहित ९ मन्त्रालय लिने सहमति जुटेको हो।

यस अनुसार, एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन, र भूमिसुधार मन्त्रालयको नेतृत्व गर्नेछ। त्यस्तै, कांग्रेसको भागमा गृह, रक्षा, ऊर्जा, स्वास्थ्य, शहरी विकास, पर्यटन, कानुन, कृषि, र वन मन्त्रालय परेको छ।

कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे दुवै दल आन्तरिक तयारीमा जुटिरहेका छन्।

जानकारी अनुसार, एमालेले उपप्रधानमन्त्रीसहित उपाध्यक्ष विष्णु पौडेललाई अर्थमन्त्री बनाउने भएको छ भने कांग्रेसले उपप्रधानमन्त्रीको पद दिएर प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने योजना बनाएको छ।

गृह मन्त्रालयका लागि प्रमुख सचेतक रमेश लेखकलाई पठाउने तयारी भएको कांग्रेसका नेताहरूले बताएका छन्। २१ मन्त्रालयमध्ये केही सरकारमा सहभागी हुने अन्य साना दललाई दिने दुई दलबीचको समझदारी छ।

आइतबार, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका छन्। उनको शपथ सोमबार बिहान ११ बजे तय गरिएको छ।

ओलीले राष्ट्रपतिबाट शपथ लिएलगत्तै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु