Wednesday, May 27, 2026
Zenith Migration Education
Wednesday, May 27, 2026

धान दिवसको सम्झना गर्दै, अष्ट्रेलियामा मनाए असार पन्ध्र

Zenith Migration Education

ओवर्न, अष्ट्रेलिया: असार १५ गतेक दिन प्रत्येक वर्ष नेपालमा धान दिवस मनाइने गरिन्छ। यसका साथै दही चिउरा खाने पर्वको रूपमा पनि मनाइन्छ।
त्यस्तै, नेपाली अभिभावक समाज ओवर्न, अष्ट्रेलियाले पनि धान दिवस मनाएको छ।

धान दिवसको असवरमा विभिन्न व्यक्तिहरूले मन्तव्य राख्नुभएको थियो भने गीत र नाचगानको संयोजनले कार्यक्रममा रोचकता थपेको थियो।

धान दिवसमा सहभागीहरूले नेपाली माटो, संकृतिलाई सम्झदैं रमाइलो अनुभव गरेका थिए। समाजसेवी, धार्मिक तथा अन्य क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको यस कार्यक्रममा नेपाल र अष्ट्रेलियाका राष्ट्रिय झण्डा राखेर दुवै देशको राष्ट्रिय गान समेत बजाइएको थियो।

अध्यक्ष ज्ञानेन्द्र क्षेत्रीलगायतका महानुभावहरूले सामूहिक दिप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो भने कुसुम भट्टराईले संचालन गर्नुभएको थियो।
कार्यक्रममा एकता, सद्भाव र नेपाली परम्पराको जगेर्ना गर्नुपर्नेमा जोड दिइएको थियो भने सामाजिक कार्यमा सहयोग तथा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु