Thursday, September 10, 2026
Zenith Migration Education
Thursday, September 10, 2026

एनआरएन अष्ट्रेलियाले पायो न्यूसाउथवेल्स सरकारबाट एक लाख डलर अनुदान

Zenith Migration Education

सिड्नी, अष्ट्रेलिया । गैर-आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले एक लाख अष्ट्रेलियन डलर अनुदान प्राप्त गरेको छ।

न्यू साउथवेल्स सरकारले एनआरएन अष्ट्रेलियालाई एक लाख डलर अनुदान प्रदान गरेको हो।
गत जुन १३ तारिखका दिन एनआरएन अष्ट्रेलियाले आयोजना गरेको आफ्नै कार्यालय भवन उद्घाटन समारोहलाई उद्घाटन गर्दै न्यू साउथवेल्सका प्रीमियर क्रिस मिन्सले अनुदान दिने घोषणा गरेसँगै उक्त अनुदान प्राप्त भएको थियो।

न्यूसाउथवेल्सका बहु-संस्कृति मन्त्री स्टीभ काम्परले एक पत्र पठाउँदै मेरिल्याण्डमा हालै किनिएको कार्यालय भवनबाट विभिन्न बहुसांस्कृतिक गतिविधि सञ्चालन हुने अपेक्षासहित बधाई दिएको एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले बताउनुभयो।

प्रवक्ता मिश्रका अनुसार एनआरएन अष्ट्रेलियाको तर्फबाट न्यूसाउथवेल्स सरकार, बहुसंस्कृतिक न्यूसाउथवेल्सलाई यो सहयोगका लागि धन्यवाद ज्ञापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु