Friday, September 18, 2026
Zenith Migration Education
Friday, September 18, 2026

सिड्नीमा भारी वर्षा, रेल सेवा अवरुद्ध, यात्रुलाई सकस (तस्बिरसहित)

Zenith Migration Education

सिड्नी: लगातारको वर्षाको कारण सिड्नीमा यात्रुले सकस बेहोर्नु परेको छ। भारी वर्षाका कारण सिड्नीको विभिन्न ठाउँमा रेलसेवा अवरुद्ध भएका कारण यात्रुले सकस बेहोर्नु परेको हो।

वर्षाका कारण रेलको लिगहरूमा पानी जमेकाले रेलको गति ढिलो हुन गएका कारण रेल्वे सेवासमेत अवरुद्ध हुन गएको ट्रान्सपोर्ट सिड्नी ट्रेनले जनाएको छ। विशेष गरी Auburn Strathfield लगायत अन्य स्टेशनहरूमा यात्रुहरूलाई ठूलो समस्या भोग्नुपरेको छ।

ट्रान्सपोर्ट सिड्नी ट्रेनले यात्रुहरूलाई सुरक्षित रहन र वैकल्पिक यातायातको प्रयोग गर्न सल्लाह दिएको छ। यात्रुहरूले यात्रा गर्नुअघि आफ्नो रेल समयतालिका जाँच गरेर मात्र र अनावश्यक यात्रा नगर्न अनुरोध गरिएको छ। अधिकारीहरूले रेल सेवाहरू चाँडै सामान्य अवस्थामा ल्याउने प्रयास गरिरहेको जानकारी दिएका छन्।

मौसम विभाग Bureau of Meteorology का अनुसार अझै केही दिन वर्षा जारी रहने अनुमान गरेको छ।

मौसम विभागका अनुसार, आज सिड्नीमा ५०-७० मिलीमिटर वर्षा हुने सम्भावना छ भने केही क्षेत्रमा अझ बढ्न सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु