Monday, August 24, 2026
Zenith Migration Education
Monday, August 24, 2026

पाकिस्तानमा एक इसाईलाई कुरानको पाना जलाएको आरोप

Zenith Migration Education

काठमाण्डौँ: पाकिस्तानमा एक ७४ वर्षीय वृद्ध इसाई धर्मावलम्बी नाजिर मसिह गिल कुरानको पाना जलाएको आरोप घाइते भएका छन्।

मुस्लिम भीडले कुरानको पाना जलाएको झूटो आरोपमा हातपात गरेपछि उनी घाइते भएका हुन्।
हाल उनको एक अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ।

कुरान जलाएको आरोप लगाउँदै भीडले उनको घरमा तोडफोड गरेको र सरगोधा सहरको मुजाहिद कोलोनीमा रहेको उनको जुत्ता कारखानामा समेत आगजनी समेत गरिएको छ ।
नाजिर गिलले शनिबार बिहान पञ्जाब प्रान्तको सरगोधा जिल्लाको मुजाहिद कालोनीमा रहेको आफ्नो घरबाहिर सडकमा केही फोहोर कागज जलाएका थिए । मुस्लिम छिमेकीले उनलाई कुरानको पाना जलाएर कुरानको अपमान गरेको आरोप लगाएका थिए ।

क्रिश्चियन डेली इन्टरनेशनलका अनुसार नाजिर गिल र उनका छोरा सुल्तान गिलको जुत्ता कारखानाको व्यवसायको सफलता देखेर छिमेकी मुस्लिम अय्यूब गोन्डल र मोहम्मद इब्राहिम ईर्ष्या जागेको कारण सो घटना घटेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु