Saturday, September 12, 2026
Zenith Migration Education
Saturday, September 12, 2026

ट्रेकिंगमा गएका विजय तामांगको लेक लागि निधन, प्रहरीद्वारा शवको उद्धार

Zenith Migration Education

काठमाडौँ : रसुवा जिल्लाको क्यानजिन, लाङटाङ ट्रेकिङमा गएका सिन्धुपाल्चोक, मेलम्ची न.पा.६ बस्ने २४ वर्षीय विजय तामाङ लेक लागि मृत्यु भएको छ।

समुद्र सतहदेखि करिब ५६०० मिटर उचाइमा रसुवा जिल्लाको गोसाइकुण्ड गा.पा. वडा नं. ४ लाङसिसामा मृत्यु भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्र.नि.को कमाण्डमा र प्र.चौ.लाङटाङ रसुवाबाट समेत प्रहरी टोली करिब ५ घण्टा पैदल यात्राको दुरिमा खटिइ आवश्यक कानूनी प्रक्रिया पुरा गरी निज मृतक विजय तामाङको शवलाई घटनास्थलबाट करिब २ कि.मि. पैदल बोकी समथर भागसम्म ल्याई शव पारीक्षणको लागि हेलिकप्टरबाट त्रि.वि.शिक्षण अस्पताल , काठमाडौँमा पठाइएको प्रहरी स्रोतले जनाएको छ।
—समाचार स्रोत: नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु