Thursday, June 25, 2026
Zenith Migration Education
Thursday, June 25, 2026

नेपाली मूलकि महिलाले पहिलो पटक अष्ट्रेलियाको प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिदैं

Zenith Migration Education

सिड्नी: नेपाली मूलकि महिलाले पहिलो पटक अष्ट्रेलियाको प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने भएकी छन्। स्नेहलता केसीले अष्ट्रेलियाको क्यानबेरा राज्यमा आफ्नो उम्मेदवारी दिन लागेकी हुन्।

आगामी अक्टोबर १९ मा हुने निर्वाचनमा केसीले अष्ट्रेलिया क्यापिटल टेरोटोरीमा ‘इन्डिपेन्डेन्स फर क्यानबेरा’ राजनीतिक दलबाट आफ्नो उम्मेदवारी दिन लागेकी हुन्। उक्त राज्यमा २३ वर्षदेखि लेबर पार्टीले सरकारको नेतृत्व गर्दै आएको छ ।

अहिले नयाँ वैकल्पिक शक्तिका रूपमा आएको ‘इन्डिपेन्डेन्स फर क्यानबेरा’ले कसीलाई उम्मेदवार बनाउनु अघि अडिसन लिएको थियो । पाँच जना निर्णायकले उम्मेदवारी दिने अरू तीन जना प्रतिस्पर्धीको अडिसन लिएको थियो । उनीहरूलाई एक सभामा ७ मिनेट लामो भाषण गर्न लगाइएको थियो । सबैभन्दा उत्कृष्ट भाषणपछि स्नेहालता छनौट भएकी हुन्।

भाषणपछि भोटिङको साथै तीनै जना प्रतिस्पर्धीसँग अन्तर्वार्ता गरिएको थियो । जसमा स्थानीय सबैबाट ३३ वर्षीया केसी छनौट भएकी हुन् । करिब ४ लाख जनसङ्ख्या रहेको क्यानबेरा प्रदेश सभामा २५ सिटको लागि निर्वाचन हुँदैछ । जसमा सरकार बनाउनको लागि कम्तिमा १३ सिट आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु