Thursday, August 27, 2026
Zenith Migration Education
Thursday, August 27, 2026

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी

Zenith Migration Education

काठमाडौं। नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ।

शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो। वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो।

नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए।

त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो।

वेस्ट इन्डिज ए का लागि एलिक एथानाजले सर्बाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए। त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३(३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए।

योसँगै वेस्ट इन्डिज ए ले ३(२ ले टी(२० सिरिज जितेको छ । योसँगै नेपाली क्रिकेट टिम विश्वकपका लागि आइतबार अमेरिकातर्फ प्रस्थान गर्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु