Thursday, September 24, 2026
Zenith Migration Education
Thursday, September 24, 2026

पथलैयामा दुई दिनदेखि बेवारिसे अवस्थामा भेटियो बोलेरो पिकअप

Zenith Migration Education

बारा—बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया स्थित धर्मेश्वर महादेव मन्दिर अगाडि बा.१४ च ८७२५ नम्बरको बोलेरो पिकअप गाडी दुई दिनदेखि बेवारिसे अवस्थामा फेला परेको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार उक्त गाडी दुई दिनदेखि सोही स्थानमा पार्किङ अवस्थामा रहेको जनाइएको छ। गाडीका वास्तविक धनी वा सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातसहित आफ्नो सवारी बुझ्न प्रहरी चौकी पथलैयामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

थप जानकारीका लागि ९८५-५०४५७६६नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।

स्रोतः सामाजिक सञ्जाल (भुवन थापा)

– सिमा ठकुरी, बारा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु