सिड्नी— ओबर्नस्थित अस्मान्दु बजारमा वाइवाईका नयाँ चाउचाउ तथा स्न्याक्स उत्पादनहरूको टेस्टिङ कार्यक्रम सम्पन्न भएको छ। अस्ट्रेलियाभर वाइवाईको आधिकारिक वितरक सगुन ग्रुपद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायका उपभोक्ताहरूले नयाँ उत्पादनहरूको स्वाद चाख्ने अवसर पाए।

कार्यक्रममा वाइवाई क्विक सिन रामेन र वाइवाई क्विक पिरो स्पाइसी चाउचाउसहित क्विक हट एन्ड स्पाइसी टिमोरो स्टिक, क्विक हट एन्ड स्पाइसी लेमन स्टिक तथा क्विक अकबरे स्टिकको परीक्षण गराइएको थियो।
सगुन ग्रुपका अध्यक्ष भुषण कश्यपती ले उपभोक्तालाई नयाँ स्वादसँग परिचित गराउनुका साथै उत्पादनबारे प्रत्यक्ष प्रतिक्रिया संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

बजारमै पकाएर ग्राहकलाई स्वाद चखाइएको उक्त कार्यक्रममा सहभागीहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ। उपभोक्ताहरूले नयाँ फ्लेभरहरू स्वादिष्ट, पिरो तथा नेपाली स्वादअनुकूल रहेको प्रतिक्रिया दिएका थिए। धेरै ग्राहकहरूले उत्पादनको स्वाद मन पराएर खरिदसमेत गरेका छन्।
अस्मान्दु बजारकी सञ्चालक सेलिना कश्यपती का अनुसार यस्ता टेस्टिङ कार्यक्रमले ग्राहकलाई नयाँ उत्पादनबारे प्रत्यक्ष जानकारी दिनुका साथै उपभोक्ताको प्रतिक्रिया बुझ्न महत्त्वपूर्ण भूमिका खेल्छ। उनले कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको र नयाँ उत्पादनप्रति सकारात्मक चासो देखिएको बताइन्।

सगुन ग्रुपले आगामी दुई साताभित्र नयाँ मोमो उत्पादनको टेस्टिङ कार्यक्रमसमेत आयोजना गरिने जानकारी दिएको छ। मेलबर्नमा उत्पादित नयाँ मोमोको स्वाद नेपाली समुदायसम्म पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
सगुन ग्रुपले नेपाली समुदायलाई गुणस्तरीय तथा नयाँ खाद्य उत्पादनसँग परिचित गराउने लक्ष्यका साथ अस्ट्रेलियाका विभिन्न शहरमा यस्ता टेस्टिङ तथा प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।




