काठमाडौँ — मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ परेका छन्। उनलाई सोमबार राति वीरगन्जस्थित होटल दियालो लर्ड्सबाट प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
मंगलबार आयोजना गर्ने भनिएको कार्यक्रमलाई स्थानीय प्रशासनले अनुमति नदिएपछि कार्यक्रमअघि नै पक्राउ गरिएको स्रोतको दाबी छ। यद्यपि, पर्सा प्रहरीले घटनाबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।



