Wednesday, September 23, 2026
Zenith Migration Education
Wednesday, September 23, 2026

एकदिवसीय खेलमा सन्दीपको कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट

Zenith Migration Education

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले तीन विकेट लिएपछि उक्त कीर्तिमानलाई तोडेका हुन् ।

स्कटल्यान्डविरुद्धको खेलमा सन्दीपले आज जर्ज मुन्सी, ब्रान्डन मकमलेन र म्याथ्यु क्रसको विकेट लिएका थिए । सन्दीपले एकदिवसीय ७३ खेलमा १५० विकेट लिन सफल भए । स्टार्कले यो उपलब्धि ७७ खेलमा पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु