Thursday, November 26, 2026
Zenith Migration Education
Thursday, November 26, 2026

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

Zenith Migration Education

सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका प्रमुख चार निर्णयहरू सार्वजनिक गरेको छ।

निर्णयहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन्।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपति कार्यालय समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ। यसअघि पुनर्विचारका लागि फिर्ता भएको अध्यादेशलाई पुनः अघि बढाउने निर्णय गरिएको हो।

त्यसैगरी, कृषि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन भारतसँग सरकारी-स्तर (जी-टु-जी) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेड लाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।

बैठकले वातावरणीय सुधार तथा पूर्वाधार विकाससँग सम्बन्धित परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण र अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ। जसअनुसार इलेक्ट्रोनिक पोइलर प्रवर्द्धन, उद्योगलाई कर्जा सुविधा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता विस्तार गर्ने कार्यक्रम अघि बढाइनेछ।

यसैगरी, संसद् भवन परिसरमा प्रवेश व्यवस्थासहित समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु