Wednesday, April 29, 2026
Zenith Migration Education
Wednesday, April 29, 2026

संविधान संशोधनका लागि कार्यदल सक्रिय, वरिष्ठ कानुन व्यवसायीसँग परामर्श जारी

Zenith Migration Education

सरकारले संविधान संशोधनसम्बन्धी औपचारिक तयारीलाई तीव्रता दिँदै ‘संविधान संशोधन बहस पत्र तयारी कार्यदल (२०८२)’ मार्फत सरोकारवालासँग छलफल प्रक्रिया अघि बढाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदलले आज वरिष्ठ अधिवक्ता तथा अन्य कानुन व्यवसायीसँग विस्तृत छलफल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमार्फत संविधान संशोधनसम्बन्धी विषयमा कानुनी तथा नीतिगत सुझाव संकलन भइरहेको छ ।

यसअघि हिजो मात्र कार्यदलले संविधानविद्हरूसँग प्रारम्भिक परामर्श गरेको थियो । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठन भएको कार्यदलले वैशाख १० गतेको बैठक निर्णयलाई आधार मानेर परामर्श प्रक्रिया विस्तार गरेको हो ।

कार्यदलले विभिन्न सरोकारवालाबाट प्राप्त सुझाव संकलन गरी संविधान संशोधनसम्बन्धी विस्तृत बहस पत्र तयार पार्ने र त्यसलाई सरकारसमक्ष पेश गर्ने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु