Wednesday, April 29, 2026
Zenith Migration Education
Wednesday, April 29, 2026

उद्योगपति शेखर गोल्छा पक्राउ

Zenith Migration Education

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् उद्योगपति शेखर गोल्छा पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बिहीबार साँझ नक्साल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल धितोपत्र बोर्डले गरेको अनुसन्धानमा उनको पनि गैरकानुनी सेयर कारोबारमा संलग्नता पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष समेत रहेका गोल्छालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफाहरूमा कसूर गरेको आरोप लागेको हो। उक्त ऐनको दफा ९४, ९५, ९६(१) र ९८ बमोजिम भएको भनिएको कसूरमा ऐनकै दफा १०३(३) अनुसार थप अनुसन्धान तथा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको आशंका गरिएको छ र थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु