Sunday, October 25, 2026
Zenith Migration Education
Sunday, October 25, 2026

विश्वकै दोस्रो कान्छी उपसभामुख बनिन् रूबीकुमारी

Zenith Migration Education

प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोप्रसाद अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार सरस्वती लामाको पक्षमा संसदमा उपस्थित भएका २५७ सांसदमध्य प्रस्तावको पक्षमा जम्मा पाँच मत ,हुन्न भन्नेमा २१५ मत र प्रस्तावमा मत दिन्न भन्नेमा ३७ मत रहेकाले उनको उम्मेदवारीको प्रस्ताव अस्वीकृत भएको हो ।

योसँगै २५ वर्षकी रुबीकुमारी संसारकै दोस्रो कान्छी उपसभामुख बनेकी छिन् । सन् २०१४ मा २४ वर्षीय एड्रियन डुभाल इतिहासमा सबैभन्दा कान्छो उपसभामुख बनेका थिए।

उनी श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपसभामुख पदमा सरस्वति लामालाई उठाएको थियो ।

नेकपा एमाले तटस्थ बसेको थियो भने अरु सबै दलले रुबीलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु