Tuesday, September 8, 2026
Zenith Migration Education
Tuesday, September 8, 2026

निर्वाचनको सम्पूर्ण तयारी पूरा, हिमाली भेगका दुर्गम बस्तीसम्म पुग्यो सामग्री

Zenith Migration Education

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय र प्राविधिक तयारी पूरा भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनका अनुसार मुलुकका उच्च पहाडी र हिमाली जिल्लाका साथै हिमाल पारिका दुर्गम बस्तीहरूमा समेत निर्वाचन सामग्री पुगिसकेका छन् । उनले निर्वाचनको मिति घोषणा भएदेखि नै सञ्चार जगतले सकारात्मक भूमिका खेलेका कारण निर्वाचनको माहौल देउरालीसम्म आइपुगेको र २१ गते भन्ज्याङमा पुगेर भारी बिसाउने (निर्वाचन सम्पन्न हुने) विश्वास व्यक्त गरे ।

ज्वाइन्ट इलेक्सन अब्जर्भेसन कमिटीबाट प्राप्त एसएमएसको जानकारी दिँदै उनले भने ‘हाम्रो कमिटीले देशभरको अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ । अहिले भर्खरै प्राप्त जानकारीअनुसार सबै निर्वाचन व्यवस्थापनका सामग्रीहरू उच्च पहाडी हिमाली जिल्ला र त्यो भन्दा पारिको बस्तीमा पनि पुगिसकेका छन् । मतदान अधिकृत, मतपत्र र मतदानका लागि आवश्यक सबै सामग्रीहरू गन्तव्य स्थानमा पुगिसकेकाले अब कुनैपनि काम बाँकी र अधुरो छैन ।’

जनशक्ति परिचालन र सुरक्षा व्यवस्थापनको पक्षबाट आयोग पूर्ण रूपमा ढुक्क रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु