Monday, September 7, 2026
Zenith Migration Education
Monday, September 7, 2026

निर्वाचनमा नगद चलखेल गर्नेहरूको उम्मेदवारी खारेज हुने

Zenith Migration Education

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा नगद चलखेल भएको पाइए कडा कारबाही हुने चेतावनी दिएका छन् ।

आइतबार नेपाल प्रेस काउन्सिलले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मौन अवधिमा निर्वाचन सामग्री र नगद एकैठाउँमा बरामद भए त्यस्ता उम्मेदवारको उम्मेदवारी नै खारेज हुने चेतावनी दिएका हुन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा नगद चलखेल भए आगामी ६ वर्षसम्म त्यस्ता उम्मेदवारहरूले निर्वाचनको कुनैपनि प्रक्रिया भाग लिन नपाउने व्यवस्था गरिएकोतर्फ पनि सचेत गराए ।

उनले नगद चलखेल गर्ने उम्मेदवार विजयी भएको घोषणा भए पनि उनीहरूको उम्मेदवारी खारेज हुने पनि स्पष्ट पारे ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले निर्वाचन आचारसंहिताको परिपालनामा शून्य सहनशीलताको नीति लिएको पनि बताए । उनले मौन अवधिमा पनि निर्वाचन आचारसंहिताको पालना गराउने काममा सञ्चार माध्यामहरुले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु