तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आइतबार आफ्नो देश र संयुक्त राज्य अमेरिकाबीच हालै भएको आणविक वार्तालाई प्रगतिका लागि ‘एक कदम अगाडि’ भएको बताएका छन् ।
उनले शुक्रबार ओमानको राजधानी मस्कटमा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच भएको अप्रत्यक्ष वार्तालाई उजागर गर्दै एक्समा एक पोस्टमा यस्तो टिप्पणी गरेका हुन् ।
राष्ट्रपति पेजेश्कियानले पश्चिम एसिया क्षेत्रका ‘मित्रवत’ सरकारहरूको वार्ताका लागि प्रयासको परिणाम वार्ताको सम्भावना बढेको र वार्ता इरानले शान्तिपूर्ण रूपमा मुद्दाहरू समाधान गर्न रोजेको रणनीति भएको बताए ।
यसैबीच, इरानको राजधानी तेहरानमा भएको राष्ट्रिय सम्मेलनमा बोल्दै शुक्रबारको वार्तामा देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले भने, “वार्तामा के हुनु पर्छ र के हुनु हुँदैन भनेर कसैले भन्न सक्दैन।”
उनले इरानले आणविक हतियारको पछि लाग्ने कुनै मनसाय नराखेको बताउँर्दै कुनै पनि प्रकारको दादागिरीलाई दृढतापूर्वक अस्वीकार गरिने बताए ।
अराघचीले भने, “यदि उनीहरूले इरानी जनतासँग बलको भाषा प्रयोग गरे भने, हामी उनीहरूलाई उही भाषामा जवाफ दिनेछौं। यद्यपि, यदि उनीहरूले सम्मानको भाषा प्रयोग गरेर हामीसँग कुरा गरे भने, यसको प्रतिक्रिया उस्तै भाषामा दिइनेछ।”
शुक्रबारको वार्ता वाशिङ्गटन र तेहरानबीच बढ्दो क्षेत्रीय तनावको बीचमा आयोजित गरिएको थियो, जसमा मध्य पूर्वमा हालैको अमेरिकी सैन्य निर्माण र इरानको तीव्र तयारीहरू समावेश छन्।
वार्ता समाप्त भएपछि अराघचीले भने, “सामान्यतया, म भन्न सक्छु कि यो एक राम्रो सुरुवात थियो। यद्यपि प्रक्रियाको निरन्तरता दुई पक्षको राजधानीमा परामर्श र यसलाई कसरी जारी राख्ने भन्ने बारेमा उनीहरूको निर्णयमा निर्भर गर्दछ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित शिर्षकहरु



