Tuesday, June 2, 2026
Zenith Migration Education
Tuesday, June 2, 2026

मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुन्छ : आयोग

Zenith Migration Education

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान सङ्कोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो जिकिर गरेका हुन् ।

उनले निर्वाचन आयोगले सरकारसँग सहजीकरण गरी निर्वाचनका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको समेत बताए । सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने वा मतदान गर्न जान सङ्कोच मान्नुपर्ने अवस्था नरहेको प्रवक्ता भट्टराईको भनाइ छ ।

उनले भने, ‘‘सुरक्षाको कारणले निर्वाचनमा होमिन डराउनुपर्ने अथवा मतदान गर्न जान सङ्कोच मान्नुपर्ने अवस्था छैन । सुरक्षा निकायको नेतृत्वमा सम्बन्धित मन्त्रालयको नेतृत्वमा र आयोगको सहजीकरणमा निर्वाचनका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था मिलाउनका लागि कार्य भइरहेको छ ।’’

प्रवक्ता भट्टराईले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आवश्यक रणनीति तय गरी अघि बढने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु