Tuesday, June 2, 2026
Zenith Migration Education
Tuesday, June 2, 2026

एन्टाको वार्षिक साधारणसभा शनिबार, राजदूत यादब प्रमुख अतिथि

Zenith Migration Education

सिड्नी — अस्ट्रेलियास्थित नेपाली समुदायको प्रतिष्ठित संस्था अष्ट्रेलियास्थित नेपाल तराई संघ (एन्टा)को वार्षिक साधारणसभा (एजीएम) यस शनिबार आयोजना हुँदैछ।

एजीएमओबर्न अवस्थित ग्रान्ड प्यालेस फंक्शन सेन्टर
मा हुने आयोजकले जनाएको छ।

कार्यक्रममा महामहिम नेपाली राजदूत चित्रलेखा यादब प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछिन्। साथै, एन्टाका पूर्व अध्यक्ष, वर्तमान तथा पूर्व पदाधिकारीहरू तथा नेपाली समुदायका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहने जनाइएको छ।

एन्टाका वर्तमान अध्यक्ष रन्जीत शाहले एजीएमकै अवसरमा संस्थाको नेतृत्व नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने जानकारी दिएका छन्।

अस्ट्रेलियामा क्रियाशील नेपाली समुदायका संस्थाहरूमध्ये एन्टा एक शालीन, संगठित र समाजसेवामा समर्पित संस्थाका रूपमा परिचित छ। सामाजिक सद्भाव, समुदायबीचको एकता र सेवा भावनालाई केन्द्रमा राख्दै एन्टाले निरन्तर योगदान दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु