Wednesday, August 26, 2026
Zenith Migration Education
Wednesday, August 26, 2026

जेनजी घटनाबारे बालेनसँग मानव अधिकार आयोगले लियो बयान

Zenith Migration Education

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सोधपुछ गरेको छ ।

भदौ २३ र २४ गतेको घटना बारेमा आज आयोगले मेयर शाहसँग सोधपुछ गरेको हो ।

अनुसन्धान अधिकृतको टोलीले जेनजी आन्दोलनका बेला मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस (अभिव्यक्ति) र अरू घटनाक्रमबारे सोधपुछ गरेको हो ।

आयोगले मेयर साहसँग करिब दुई घण्टासम्म बयान लिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु