Wednesday, September 23, 2026
Zenith Migration Education
Wednesday, September 23, 2026

मधेसको सभामुखमा जसपाका यादव निर्वाचित

Zenith Migration Education

मधेश प्रदेशको सभाभुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार मधेश प्रदेशसभामा बहुमतका साथ उनी निर्वाचित भएका हुन्।

प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा यादवले ७२ मत प्राप्त गरेका थिए। उनको विपक्षमा २४ मत खसेको थियो।

पहिलो प्रस्तावमाथि मत विभाजन भएर नै यादव निर्वाचित भएपछि नेकपा एमालेका त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता भएको प्रस्ताव स्वत: खारेज भएको थियो।

निर्वाचित भएका यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन्। उनी यसअघिको कार्यकालमा पनि प्रदेशसभा सदस्य थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु