Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

बोन्डाई गोलीबारी: साहसी अहमेदलाई अस्पतालमै पुगेर प्रिमियर क्रिस मिन्सले भेटे

Zenith Migration Education

सिड्नी — सिड्नीको बोन्डाई बीचमा आइतबार साँझ भएको अन्धाधुन्ध गोलीबारीका क्रममा साहस देखाउँदै बन्दुकधारीसँग जुझेर हतियार खोस्ने ४३ वर्षीय अहमेद अल अहमेदलाई न्यू साउथ वेल्स राज्यका प्रिमियर (मुख्यमन्त्री) क्रिस मिन्सले भेट गरेका छन्।

घटनामा घाइते भएका अहमेद हाल अस्पतालमा उपचाररत छन्। प्रिमियर मिन्सले अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै, देखाएको अदम्य साहसका लागि राज्य सरकार तथा सम्पूर्ण राज्यबासीको तर्फबाट धन्यवाद व्यक्त गरेका छन्।

प्रिमियर मिन्सले संकटको घडीमा नागरिकले देखाएको यस्तो साहसले धेरैको ज्यान जोगिन मद्दत पुगेको उल्लेख गर्दै अहमेदको योगदान राज्यका लागि प्रेरणादायी भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु