Tuesday, September 22, 2026
Zenith Migration Education
Tuesday, September 22, 2026

बोन्डाइ बीच गोलीबारी : ‘अष्ट्रेलिया कहिल्यै घृणा र हिंसासामु झुक्दैन’ — प्रधानमन्त्री अल्बानीज

Zenith Migration Education

सिड्नी — आईतबार सिड्नीको बोन्डाइ बीचमा भएको गोलीबारी घटनालाई अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले‘राष्ट्रको इतिहासकै एक अँध्यारो दिन’ भएको बताएका छन्।

प्रधानमन्त्री अल्बानीजले जारी गरेको वक्तव्यमा कायरतापूर्ण हिंसाले देशलाई विभाजित गर्न नसक्ने स्पष्ट पार्दै अष्ट्रेलियाली समाज एकताबद्ध भएर यो कठिन घडी पार गर्ने उल्लेख गरेका छन्।

“यस्ता कायर आक्रमणकारीहरूभन्दा हामी बलिया छौँ। हामीलाई विभाजित गर्ने उनीहरूको प्रयास असफल हुनेछ,” उनले भनेका छन्।

उनका अनुसार अष्ट्रेलियाले कहिल्यै विभाजन, हिंसा वा घृणाको सामु आत्मसमर्पण गर्दैन। “हामी सबै मिलेर यस संकटबाट बाहिर निस्कनेछौँ,” प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीले घटनाबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै सुरक्षा निकायहरूले घटनाको विस्तृत अनुसन्धान अघि बढाइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु