Tuesday, June 2, 2026
Zenith Migration Education
Tuesday, June 2, 2026

सञ्चारमन्त्री खरेलले भने- एनआरएनएलाई पार्टीको नबनाइदिनुहोला

Zenith Migration Education

अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई राजनीतिक दलको नबनाउन आग्रह गरेका छन्।

आइतवार आयोजित गैर आवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले एनआरएनएका नेताहरू पार्टीको बन्दा समस्या भएको बताएका हुन्। उनले एनआरएनएका अभियन्ताहरू राजनीतिक दलमा आबद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताए।

स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उनको भनाई छ। उनले एनआरएनएलाई राजनीतिक दल र राजनीतिमुक्त बनाउने अवसर यही भएको पनि बताए।

उनले गैर आवासीय नेपालीलाई मतदानको व्यवस्था, गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भीर रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु