Tuesday, June 2, 2026
Zenith Migration Education
Tuesday, June 2, 2026

ओलीको दावी- टेररबाट सरकार सिर्जना भएको हो, टेररको माध्यमबाट शासन चलाउँदैछन्

Zenith Migration Education

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकार आतंक (टेरर)बाट जन्मिएको बताएका छन्।

आइतवार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दै ओलीले यस्तो बताएका हुन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डप्रति लक्षित गर्दै प्रतिगमनलाई प्रतिगमन भन्न नसक्नेहरू विभिन्न समयमा संसद् विघटन भएको थियो, यो कसरी असंवैधानिक हुन्छ भनेर कुतर्क गरिरहेको बताए।

उनले लोकतन्त्र मासेर अलोकतान्त्रिक सरकार जडान गरिएको भन्दै अहिले पनि त्यही देखिरहनुपरेको बताए। वर्तमान सरकारको कुनै जग नरहेको उनको तर्क छ। संविधान बाहिरबाट, संविधान कुल्चिएर लोकतान्त्रिक मूल्य अस्वीकार गरेर सरकार बनाइएको बताए। आतंकबाट सरकार सिर्जना भएको र आतंककै माध्यमबाट शासन चलाइरहेको उनको भनाइ छ।

ओलीले भने, ‘आतंक (टेरर)बाट सरकार सिर्जना भयो र आतंकको माध्यमबाट शासन चलाउने प्रयास गरियो। यो सरकार संवैधानिक होइन भन्ने नेकपा एमाले बाहेक अरू दल छैन। अरू कसैभित्र दम छैन।’

अध्यक्ष ओलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डप्रति लक्षित गर्दै अरू बेला पनि संसद् विघटन भएको थियो यो कसरी असंवैधानिक भन्दै कुतर्क गरेको आरोप लगाए। प्रचण्डको भनाइ विवेक शून्य भएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु