Tuesday, March 10, 2026
Zenith Migration Education
Tuesday, March 10, 2026

निर्वाचनको वातावरण बनाउन सबैको सहमति चाहिन्छ : प्रचण्ड

Zenith Migration Education

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन् ।

उनले संयोजक दाहालले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताएका हुन् ।

उनले सबै एकजुट भएर जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा भाग लिनुपर्ने बताए । उनले सरकारले घोषणा गरेको फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा जोड दिए ।

उनले भने ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ । घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’

उनले पार्टीको जिम्मेवारी बाँडफाँड भने मङ्गलवारको बैठकमा टुंग्याउने जानकारी दिए । जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपमा लाने भन्ने समझदारी भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु