काठमाडौं । काठमाडौं महानगरपालीकाकी उपमेयर सुनिता डंगोललेसंसारका विभिन्न कुनामा नेपालको भगवान वा सम्पदाहरु चोरेरलगेको दाबी गरेकी छिन् ।
शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उनले चोरीभएका सम्पदाहरु पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनस्थापनागर्ने काममा काठमाडौं महानगरपालीकाले सक्दो भूमिका खेलिरहेकोबताइन् ।
त्यस्तै उनले ४५ बर्ष अघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सफलभएको बताइन् । उनले केही समय अघि इथुमबहालमा ४५ बर्ष अघिचोरिएको पौवाहरु पुनस्थापित गर्न सकेको बताइन् । उनले पौवामापुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको जानकारी दिइन् ।
उनले यसरी भगवानलाई फिर्ता गर्न पाँउदा खुशीका साथै गर्वको क्षणरहेको बताइन् ।



