Wednesday, August 26, 2026
Zenith Migration Education
Wednesday, August 26, 2026

सर्लाहीमा नेपाली सेनासहितको संयुक्त गस्ती 

Zenith Migration Education

सर्लाही ।  सर्लाहीमा तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाली सेनासहितको संयुक्त गस्ती परिचालन गरिएको छ । प्रमुख दुई पर्वमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना सम्मिलित संयुक्त टोलीले निगरानी बढाएको हो।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सदरमुकाम मलङ्गवा बजारसहित जिल्लाका विभिन्न स्थानमा संयुक्त गस्ती सुरु भइसकेको छ।

उनका अनुसार संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा नियमित निगरानीका साथै पैदल र सवारी गस्ती दुवै सञ्चालन गरिनेछ । प्रहरी, सशस्त्र र सेनाका तीनै सुरक्षा निकायका प्रमुखहरूको नेतृत्वमा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन भइरहेको श्रेष्ठले बताए । 

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले चाडपर्वको समय अन्य व्यक्ति, समुदाय र धर्ममा असर नपर्ने गरी शान्तिपूर्ण वातावरणमा पर्व मनाउन सबैलाई आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु